कानुनी दायरा आउनु नसकेका मानव अधिकार उल्लङ्घनका घटना समेट्न आग्रह गर्नुभएको छ । इन्सेक बर्दियाद्वारा पुस ७ गते आयोजित मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा सहभागीहरू उक्त आग्रह गर्नु भएको हो ।
जिल्ला प्रशासन कायालयका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मानवअधिकार गर्भदेखि चिहानसम्म जोडिने भएकोले यसको प्रत्याभूतिको लागि सरोकार सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भयो ।
इन्सेकले सङ्कलन गरेको घटनालाई अध्ययन गर्दा मानव अधिकारको अवस्थालाई चित्रण गरेको र यसमा महिला तथा बालिबालिकाहरू झनै पीडित भएको तथ्याङ्कले देखाएको बताउनु भयो ।
उहाँले बालविवाह लगायत मानव अधिकारविरोधी घटना न्यूनीकरण गर्न राज्यको प्रतिनिधिको रुपमा जहिले पनि आपूm लाग्ने र अन्य सरोकारवालाहरू पनि समन्वय सहकार्य गरी योजना बनाएर अगाडी बढ्न आग्रह पनि गर्नु भयो ।
नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण वलीले मानव अधिकार विरोधी घटना न्युनिकरण गर्न स्थानिय सरकारले योजना बनाएर काम गर्न पर्ने कुरामा जोड दिनु भयो ।
बार एशोसिएशनकी सचिव लक्ष्मी नेपालले बालविवाह र न्यायीक प्रक्रियामा आउन नसकेका घटनालाई इन्सेकले अभिलेखिकरण गरेर राज्यलाई झक्झक्याउनमा पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
नेपाल पत्रकार पत्रकार महासङ्घ शाखा बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार पुस्तक मानवअधिकार क्षेत्रका लागि ऐतिहासिक दस्तावेजको रूपमा स्थापित रहेको कुरा व्यक्त गर्दै कानुनले पनि रोक्न नसकिरहेको बालविवाह जस्ता घटनालाई इन्सेकले अभिलेखिकरण गरी राष्ट्रिय बहसको बिषय बनाएर अभियान चलाउन अगुवाई गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
जिल्लामा सन् २०१९ भरी सङ्कलित हत्या सात, हत्या प्रयास दुई, महिला बलात्कार, बलात्कार प्रयास २४, बालिका बलात्कार, यौन दुर्व्यवहार ४४, मानव बेचबिखन तथा ओसारपसार चार, महिला माथि हुने दुर्व्यवहार तथा घरेलु हिंसा नौ, सम्पत्ति क्षति एक, बहु विवाह चार, बालविवाह एक, कुटपिट, धम्की एक गरी ९८ ओटा घटना जिल्ला प्रतिनिधि मानबहादुर चौधरीले प्रस्तुत गर्नु भएको थियो ।


