अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) अछामको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व वार्षिक समीक्षा पुस ७ गते मङ्गलसेनमा सम्पन्न भएको छ ।
जिल्ला न्यायाधीश नविनकुमार जोशीले इन्सेकले लामो समयदेखि मानव अधिकारका क्षेत्रमा अग्रणी रूपमा परिवर्तनशिल काम गरिरहेको भन्दै आर्थिक, सामाजिक र सांस्कृतिक विषयमा विश्लेषण गर्नु पर्नेमा जोड दिनु भयो । न्यायाधीस जोशीले इन्सेकले घटना सङ्कलनसहित नीति बनाउनतर्फसमेत ध्यान दिनु पर्ने भनाइ राख्नुभयो ।
प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले इन्सेकबाट प्रकाशित भएका घटनाले राज्यका निकायलाई जिम्मेवार बनाएको बताउँदै आपूmहरू कानुन कार्यान्वयनतर्फ सक्रिय भएर अगाडि बढिरहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी दीपक भारतीले पीडितलाई समयमै न्याय दिनका लागि प्रहरी अनुसन्धानमा पीडित पक्ष र स्थानीयको सहयोग र समन्वय आवश्यक हुने बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य चन्द्र बोहराले कानुनी राज्यमा मात्र मानव अधिकारको संरक्षण हुन सक्ने बताउँदै विधिको शासनमा राजनीतिकरण मुक्त गर्न सकेमा मात्र हरेक व्यक्तिको अधिकार सुरक्षित हुने बताउनु भयो ।
नेपाली काङ्ग्रेसका प्रवक्ता देवप्रकाश तिमिल्सैनाले इन्सेक अभियानले मानव अधिकारका बारेमा चेतना अभिवृद्धिसँगै घटना न्यूनिकरण गर्नसमेत मद्दत पुगको बताउनु भयो ।
महिला अधिकारकर्मी विन्दु रावलले घरेलु हिंसा विरूद्धको कानुन प्रभावकारी बन्न नसकेको बताउँदै घरेलु हिंसाकै कारण महिलाहरू प्रताडित हुनु परेको बताउनु भयो ।
बार एकाई, अछामका अध्यक्ष कृष्णप्रसाद ढुङ्गानाले पीडितलाई न्यायको पहुँचमा पु¥याउन राजनीतिक रूपमा अभियान सञ्चालन गर्नु पर्ने बताउँदै महिला पीडित घटनामा होस्टाइल हुनेप्रति राज्यका नियका सजग रहनु पर्ने बताउनु भयो ।
मदिराका कारण घरेलु हिंसामा बढोत्तरी, बालविवाह, छाउपडी कुप्रथा, जातीय विभेदजस्ता कुरीतिहरू यथावत नै रहेकोले यसको अन्त्यका लागि इन्सेकले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने सहभागिहरूले सुझाव दिएका छन् ।
इन्सेक जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाले सन् २०१९ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका ३८ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना प्रस्तुत गर्नु भएको थियो ।




