प्रदेश नम्बर-७ को राजधानी दिपायललाई बनाउनु पर्ने माग राख्दै पुस १९ गते आन्दोलनकारीले दिपायलमा यातायत बन्द गरेका कारण जनजिवन प्रभावित भएको छ ।

बन्दको अवज्ञा गरेको अरोपमा से १ प ८६८ नम्बरको मोटरसाइकलमा आन्दोलनकारीहरूले आगजनी समेत गरेका छन् । आगजनीबाट मोटरसाइकल पूर्णरूपमा नष्ट भएको छ ।
आन्दोलनकारीले गरेको सवारीसाधन बन्दका कारण प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरू क्रमश डोटी, अछाम र बाजुरासमेत प्रभावित भएका छन् । सवारी साधन बन्दका कारण सर्वसाधारणको जनजिवन कष्टकर वनेको छ ।
राजधानी माग गर्दै सङ्घर्ष समितिले एक हप्तादेखि शान्तिपूर्ण र्याली गर्दै आए पनि त्यसको सुनुवाइ नभएकोले सावारी साधन बन्द सुरू गरिएको सङ्घर्ष समितिका संयोजक उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष नरेन्द्र खड्काले बताए ।