अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा सखुवानन्कारकट्टी गाउँपालिकाको समन्वयमा मङ्सिर ६ गते सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच ११ सदस्यीय गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन गरिएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत जगदीश गोसाईको अध्यक्षतामा ११ सदस्यीय मानव अधिकार समूह गठन गरिएको हो ।
समूहको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः अमिरकादेवी यादव, जगदिश पासवान, अरहुलियादेवी मण्डल र अजयकुमार दास चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरूमा निला झा, अयोधी मण्डल, घुरनकुमार राम, जसोदेवी चौधरी, करीयाहीदेवी सदा र मनु राम चयन हुनुभएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमलादेवी यादवले गाउँपालिकामा गठित मानव अधिकार समूहले सबैको अधिकारको लागि काम गर्ने आशा लिएको र यसमा आफूले पनि सहयोग गर्ने बताउनु भयो ।
उपाध्यक्ष यादवले गाउँपालिकामा धेरै समस्याहरू रहे पनि समस्या समाधानको लागि निगरानी समूहसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले इन्सेकले मानव अधिकार उल्लङ्घनका घटनाहरूको अभिलेखन कार्य मात्र नगरी मानव अधिकार प्राप्तिकोे लागि सचेतनाका साथै बहस पैरवीको पनि काम गरिरहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, खाध तथा आवासको सवालमा यस परियोजनाले गाउँपालिकासँग समन्वय गरी मानव अधिकारको प्रत्याभूति गराउन महत्वपुर्ण भूमिका खेल्ने बताउनु भयो ।





