INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य र आवासका अधिकार पाए मात्रै सम्बृद्ध नगरपालिका बनाउन सहज हुने

बाणगङ्गा नगरपालिकालाई सम्बृद्ध नगरपालिका बनाउन महिला, बालबालिका र पछाडि पारेको समुदायलाई माथि नउठाइ सम्बृद्ध नगरपालिका बन्न नसक्ने हुदा इन्सेकले सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकार सवालमा मिलेर काम गर्न आफूहरू तयार रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम भट्टराईले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कपिलवस्तुले कात्तिक २३ गते बाणगङ्गा नपामा आयोजना गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको परिचयात्मक कार्यक्रममा भट्टराईले सो कुरा बताएका छन् ।

इन्सेकले तीन वर्ष पहिले सञ्चालन गरेको कार्यक्रमबारे जानकार रहेको भन्दै नागरिकका आधारभुत अधिकार प्राप्तिका लागि गरिने विभिन्न क्रियाकलापप्रति सिगो नगरपालिका सहकार्य गर्न तयार रहेको बताए ।

यस्तै समाजिक विकास समितिका संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष भिष्मराज भुसालले इन्सेकले सञ्चालन गर्ने शिक्षा स्वास्थ्य, खाद्य अधिकार आवास जस्ता विषयमा नगरपालिकाले इन्सेकसँग सहकार्य गर्न पाउनु नगरपालिकाका लागि अवसर भएको भन्दै नगरपालिकाले सम्बृद्ध र सुखी नगरपालिका  निमार्णका लागि पछाडि पारिएको सिमान्तकृत समुदायलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खाद्य र आवास अति आवश्यक रहेको बताए ।

इन्सेकले गर्ने यि सवालमा नगरपालिकाले आर्थिक रूपमा सहकार्य गर्न तयार रहेको बताए । यस्तै वडा नं ९ का वडा अध्यक्ष ध्रुव बेलवासेले पनि इन्सेक जस्तो मानव अधिकार संस्थासँग नागरिकका नभइ नहुने अधिकार शिक्षा, स्वास्थ्य खाद्य अधिकारसँग सम्बन्धित विषयमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।

यस्तै महिला तथा बालबालिका शाखा प्रमुख हरिना गाहाले पनि महिला हिंसा, मानव अधिकार हनन्का घटनाहरू भएपनि उनीहरुलाइ सहयोग गर्ने संस्थाहरू नभएको अवस्थामा मानव अधिकार समूह गठनले आफूहरू उत्साहित भएको भन्दै आफ्नो शाखाले आवस्यक सहकार्य गर्ने बताइन ।

नागरिक समाजका अध्यक्ष दोलक पछाईले इन्सेकले परियोजना भए नभए पनि मानव अधिकार क्षेत्रमा अग्रणी भुमिका निभाउँदै आएको बताउँदै अबका दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

यस्तै मानव अधिकार समूहका निवार्चित अध्यक्ष रोमकान्त घिमिरेले आफूले पाएको जिम्मेवारी कुशलतापुर्वक यसका लक्षित समुदायका अधिकार स्थापित गर्नमा सधैँ लागिरहने बताए ।

मानव अधिकार समूह गठन बैठकबाट शिद्धार्थ क्यामपस बुङचीका प्राध्यापक रोमकान्त घिमिरेको अध्यक्षतामा १३ सदस्य बाणगङ्गा नगरस्तरीय मानव अधिकार समूह गठन भएको छ ।

उपाध्यक्षमा इन्दिरा भट्टराई, सचिव चेतना अधिकारी, सहसचिव दिनेश चौधरी, कोषाध्यक्ष थानेश्वर अधिकारी र सदस्यमा रूपा गाहा, इन्दिरा पन्त, कोपिला थारु, धर्म घिमिरे, मोहन बेलवासे, मधु पाण्डेय रहेका छन् ।

अन्य

भिडियो