INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सल्यान जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले असार १७ गते सदरमुकाममा आयोजित कार्यक्रममा पछिल्लो ६ महिनाको जिल्लाको मानव अधिकार अवस्थाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला प्रतिनिधि बुढाथोकीले जिल्लामा बलात्कारका घटनामा बृद्धि हुँदै गएको देखिएको र महिला पीडित हुने क्रम बढी देखिएको बताइन् ।

प्रतिवेदन अनुसार ६ महिनाको अवधिमा जिल्लामा ३९ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखित छन् ।

जसमध्ये महिला अधिकार अन्र्तगत २० ओटा,  हत्याका दुई ओटा, गिरफ्तारका ६ ओटा, बाल अधिकारका आठ ओटा, आगजनीका एउटा र जातीय विभेदका दुई ओटा घटना भएका छन् ।

महिलाविरूद्ध हुने घटनामा अधिकांश घटना बलात्कार, बहुविवाह र घरेलु हिंसाका घटना रहेको जिल्ला प्रतिनिधि बुढाथोकीको भनाई छ ।

कार्यक्रममा बोल्दै शारदा नगरपालिकाकी उपप्रमुख साबित्रा बस्नेतले बालबालिका, महिला र ज्येष्ठ नागरिक विभिन्न क्षेत्रबाट समस्यामा पर्ने गरेको बताइन् ।

उनले आर्थिक, सामाजिकलगायत विभिन्न कारणले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाहरू धेरै हुने गरेको बताइन् ।

सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले इन्सेकले प्रस्तुत गर्ने प्रतिवेदनले राज्यलाई सधैँ उत्तरदायी बन्न प्रेरित गर्ने बताए । उनले हरेक नागरिको हक अधिकारको विषयमा प्रहरी प्रशासन गम्भीर रहने बताए ।

photo20190702salyan (1)

photo20190702salyan (2)

अन्य

भिडियो