INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १२ गते बैतडीमा सम्पन्न गरेको छ ।

सन् २०१९ को जनवरी १ देखि जुन २६ सम्मका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई अभिलेख गरी इन्सेकले सार्वजनिक गरेको हो ।

६ महिनाको अवधिमा जिल्लामा महिला तथा बाल अधिकार अन्तर्गतका चार ओटा बलात्कार, दुई बहुविवाह, एक दुव्र्यवहार, दुई यातनाका घटना रहेको इन्सेकले सार्वजनिक गरेको छ । यस्तै घरेलु हिंसाका ३० ओटा घटना अभिलेख गरेको इन्सेकले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले मानव अधिकारको संरक्षणमा इन्सेकको भुमिका महत्वपुर्ण रहेको बताए ।

जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनामा न्यूनीकरणका लागि लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा कार्यक्रममा सहभागिहरूले जोड दिएका छन् ।

कार्यक्रममा उपस्थित जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भानदेव जोशीले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकले मानव अधिकारको अवस्था झल्कने गरेको बताए ।

जोशीले स्थानीय तहका न्यायिक समितिमा पनि मानव अधिकारसँग सम्बन्धित मुद्दा आउने भएकाले त्यसलाई समेत इन्सेकले अभिलेखीकरण गर्नु पर्नेमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले मानव अधिकार संरक्षणमा इन्सेकले खेलेको भुमिकाको प्रसंशा गरे ।

photo20190630baitadi (1)

photo20190630baitadi (2)

photo20190630baitadi (3)

photo20190630baitadi (4)

अन्य

भिडियो