INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्ष पुस्तकले विकृति हटाउन सहयोगी भूमिका खेलेको छः जिसस प्रमुख थापा

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले इन्सेकले प्रकाशन गर्ने गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रकाशित घटना नेपालको आधिकारिक मानव अधिकार दस्तावेज भएको बताएका छन् ।

Photo20190624Dailekh (1)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलन गरिएका मानव अधिकार हनन् र ज्यादतीका घटनाहरूको आधारमा असार ९ गते दैलेख सदरमुकाममा गरिएको छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

सामाजिक विकृति, विसङ्गति र शोषण दमन अन्त्य गर्न वर्ष पुस्तकको पनि महत्वपूर्ण योगदान रहेको प्रमुख थापाले टिप्पणी गरे ।

Photo20190624Dailekh (2)

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले मानव अधिकार हनन्का घटना सार्वजनिक गर्ने क्रमसँगै सरकारको अपराध दुरुत्साहन गर्ने काममा समेत सहयोग पुगेको बताए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले मानव अधिकार वर्ष पुस्तक प्रकाशन निरन्तरताले समाजमा चेतना प्रवाह गर्न र मानव अधिकार हनन् तथा ज्यादतीका घटना र अपराध न्यूनीकरणमा सघाएको बताए ।

कार्यक्रममा जिल्ला अदालत दैलेखका श्रेस्तेदार अधिकृत प्रेमप्रसाद पौडेलले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक र मानव अधिकार प्रवर्धनात्मक प्रकाशनहरूमा अदालती प्रक्रियामा रहेका मुद्दा बारे लेखिने शब्दावलीमा अझै ध्यान दिन आवश्यक रहेको बताए ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले दुई ओटा कुटपिट, बलात्कारका सात ओटा, घरेलु हिंसाका नौ ओटा, बहुविवाहका पाँच ओटा, बालविवाहका दुई ओटा, कथित बोक्सी आरोपको एउटा र जातीय विभेदका घटना तीन ओटासमेत गरी ३५ ओटा घटनाको अभिलेख प्रस्तुत गरेका थिए ।

अमर सुनार

अन्य

भिडियो