INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार मैत्री कानुन निर्माण गर्ने स्थानीय जनप्रतिनिधिको प्रतिबद्धता

जनप्रतिनिधिहरूले स्थानीय तहको कानुन निर्माणका क्रममा सम्बद्ध पक्षको सुझावका आधारमा मानव अधिकार मैत्री कानुन निर्माण गरिने प्रतिबद्धता जाहेर गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा चैत २३ र २४ गते मंगलसेनमा आयोजित नागरिक सम्वाद कार्यक्रम तथा तालिममा उनीहरूले सो प्रतिवद्धता जाहेर गरेका हुन् । कानुन व्यवसायी, नागरिक समाज, स्थानीय जानकार, अगुवा, समूहसँगको सुझावका आधारमा मानवअधिकार मैत्री कानुन निर्माण गरिने मंगलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधिहरूले सहमत जनाएका थिए ।

दुई दिनसम्म सञ्चालन गरिएको नागरिक संवाद तथा तालिममा इन्सेक सुदूरपश्चिम संयोजक खड्कराज जोशी, अधिवक्ता पुष्पविक्रम शाही र इन्सेक, धनगढीकी परियोजना संयोजक सरिता पुरीले स्थानीय तहमा सुशासन, स्थानीय तहमा विकास निर्माण तथा उपलब्धि र स्थानीय तहमा कानुन निर्माण प्रक्रियाका बारेमा सहजीकरण गरेका थिए ।

शिवराज ढुंगाना

अन्य

भिडियो