INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्तमान सन्दर्भमा मानव अधिकार रक्षकको भूमिका र अवस्था विषयक तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा वर्तमान अवस्थामा मानव अधिकार रक्षकहरूको भूमिका र अवस्था विषयक क्षमता अभिबृद्वि तालिम चैत २१ गते धनगढीमा सम्पन्न गरिएको छ ।

दुई दिनसम्म सञ्चालन गरिएको तालिममा मानव अधिकारको परिभाषा, यसका विषेशता, अपराध र उल्लङ्घनमा फरक, मानव अधिकार कानुन तथा मनवीय कानुन विषयमा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले सहजीकरण गरेका थिए ।

तालिममा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, मानव अधिकार रक्षकको भूमिका तथा दायित्वका विषयमा इन्सेक प्रदेश ५ का संयोजक भोला महतले सहजीकरण गरेका थिए ।

मानव अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र संयन्त्रहरू, मानव अधिकार सहायता कक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका काम, कर्तव्य र भूमिकाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख झंकरबहादुर रावलले सहजीकरण गरेका थिए ।

यसैगरी मानव अधिकार अनुगमन र प्रलेखिकरणका विषयमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर बिकले सहजिकरण गरेका थिए ।

तालिमको समापनमा सहभागी गोरख सार्कीले दुई दिनसम्म सञ्चालन गरिएको मानव अधिकार तालिमबाट आफूले महत्वपुर्ण विषयमा जानकारी प्राप्त गरेको र तालिमबाट सिकेका ज्ञान सिपलाई व्यवहारमा लागु गर्ने प्रतिबद्वता जनाए ।

सरीता खड्काले मानव अधिकारकर्मीहरूले मानव अधिकारको संरक्षण र सम्बद्र्धनका क्रममा आइपर्ने चुनौतिहरूलाई कम गर्न मानव अधिकारकर्मीहरूको सिप र क्षमतामा अभिबृद्धि गर्न आवश्यक भएको बताइन् ।

उनले आगामी दिनमा तालिमबाट सिकेका विषयबस्तुहरू कार्यस्थल तथा आफ्नो संस्थामा पनि छलफल चलाउने बताइन् ।

photo20190404kailali (1)

photo20190404kailali (2)

मैनामोती चौधरी

अन्य

भिडियो