INSEC Online

📅 २०८३ जेष्ठ २१

सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक प्रदेश ५ कार्यालय नेपालगञ्ज र मानव अधिकार निगरानी समूह बुद्धभुमि नगरपालिका–४ बुड्ढीको आयोजनामा फागुन २६ गते बुड्ढीमा इएलपी परियोजना अन्र्तगत सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

मानव अधिकार निगरानी समूहका सदस्य, स्थानीय, जनप्रतिनिधि, बाल अधिकार चेतना समूहका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी कार्यक्रममा स्थानीयहरूले शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रसँग सम्बन्धित गुनासो तथा समस्या राखेका थिए ।

मानव अधिकार निगरानी समूह सदस्य शक्ति भरले कृषि र पशु कार्यालयले वितरण गर्ने सेवा प्रभावकारी नभएको, निशुल्क भनिएका विउ मल आफ्ना मान्छेहरूका घरघरमा पु¥यायाउने तर सेवाग्राहीले कार्यालय आउँदा नपाउने गरेको बताइन् ।

सेवाग्राही पवित्रा पौडेलले स्वास्थ्य औषधि निशुल्क भनिएपनि सिटामोल बाहेक अरू नपाउने गरेको गुनासो गरिन् ।

एनले ज्वरो आएर उपचार गर्न आएकोमा बिना चेकजाँच सिटामोल दिएर पठाएको बताइन् । यसैगरी प्रेसर चेकजाँच गर्न गएकोमा समेत मेसिन स्वास्थ्य इञ्चार्जले घरमा लगेकाले नभएको भन्दै चेक चाँज नगरिएको गुनासो गरिन् ।

भृकुटी माध्यामिक विद्यालय बाल अधिकार चेतना समूहका अध्यक्ष अकृत मिश्राले १ सय पुर्णाङ्कको कृषि विषयको तीन महिनामा सात नम्बरको मात्र पढाइ भएको आरोप लगाए ।

उनले शिक्षकहरू फेसबुक चलाएर बस्ने, पढाउन आउनुस् भन्दा ब्यस्त छौँ भन्ने तर मोवाइल चलाएर बस्ने गरेको आरोप लगाए ।

मिश्राले विद्यालयमा कृषि विषयका लागि अति आवश्यक प्रयोगशाला नभएका कारण विद्यार्थीलाई प्रयोगात्मक ज्ञान नभएको र शिक्षकसमेत नभएको भन्दै सम्बन्धित निकायलाई सोको व्यवस्था गरिदिन आग्रह गरे ।

बुद्धभुमि नपाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले नगरपालिकाबाट दिने सेवा सुविधा प्रभावकारी बनाउन प्रयास जारी रहेको बताए ।

उनले शिक्षा, स्वास्थ्य, कृषि जस्ता महत्वपूर्ण विषयमा इन्सेकले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन गरेको प्रयास सकरात्कमक भएको बताए ।

पाध्याले सेवाग्राहीबाट आएका समस्या तथा विषयलाई सम्बोधन गर्न विषयगत कार्यालयलाई निर्देशन दिए । राज्यले निशुल्क रूपमा बाँड्ने सामग्रीको सदुपयोगका लागि नागरिक आफैँ सचेत बन्नुपर्ने पाध्याको भनाई थियो ।

बुद्धभुमि नपा–४ का वडा अध्यक्ष पवनकुमार थारूले वडा नं ४ मा शिक्षा, स्वास्थ्य, कृषि, पशु शाखामार्फत बाहेक पनि वडाले बजेट छुट्याएको भन्दै पक्की सडकका लागि ३ करोड बढी बजेट विनियोज भएको बताए ।

कृषि शाखाका प्राविधिक सहायक कनैयाप्रसाद थारूले कृषि शाखाले विभिन्न कार्यक्रम सञ्चालनका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरेकामा कृषकका लागि मल विउ वितरण गर्नुको साथै नगरपालिकाले व्यावसायिक कृषिमा लाग्नेहरूलाई सहुलियत प्रदान गर्ने बताए ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमराज पौडेल शिक्षासम्बन्धी कानुन नबनेको र स्थानीय कानुन बाझिँदा काम गर्न समस्या भएको बताए ।

उनले सेवाग्राहीले उठाएका शिक्षकका समस्या, विद्यार्थीका समस्याकाबारे छलफल गरी समाधान गर्ने बताए ।

पशु सेवा शाखाका खिमबहादुर टण्डनले सेवाग्राहीका लागि दिइने सेवाबारे जानकारी गराउदै विभिन्न सेवा प्रदान गरेको बताए ।

स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्वासेले सेवाग्राहीले उठाएका जिज्ञासाको जबाफ दिँदै नगरस्तरमा अस्पतालको लागि तयारी भएको भन्दै नगरपालिकामा औषधिको अभाव नरहेको, निशुल्क भनिएका औषधि वितरण भएको, पाँच ओटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको बताए ।

photo20190310kapilvastu (1)

photo20190310kapilvastu (2)

photo20190310kapilvastu (3)

photo20190310kapilvastu (4)
नन्दराम पौडेल

अन्य

भिडियो