INSEC Online

📅 २०८३ जेष्ठ २२

बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम इटहरीमा पुस १० गतेदेखि सुरू गरिएको छ ।

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत विद्यालयका बाल अधिकार चेतना समूहका सदस्य, संरक्षक शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले बताए ।

तालिममा इन्सेक अभियान र मानव अधिकार, बाल अधिकार, नेपालको संविधानमा शिक्षाको अधिकार र बाल मनोविज्ञान, बालमैत्री विद्यालय र दण्डरहित शिक्षा, बाल भित्ते पत्रिका प्रकाशन, बाल अधिकार प्रवर्धनमा स्थानीय तहको भूमिका विषयमा प्रशिक्षण दिइने कार्यक्रमका फोकल पर्सन बुद्धदेव यादवले बताए ।

तालिममा बाल अधिकार महासन्धि, बालबालिकासम्बन्धी ऐन तथा नियमावलीका बारेमा जानकारी, बाल अधिकार चेतना समूहको जिम्मेवारी तथा योजना निर्माण लगायतका विषयमा प्रशिक्षण केन्द्रीत रहने इन्सेक प्रदेश १ की कार्यक्रम अधिकृत बागमती कट्टेलले बताइन् ।

सरस्वती मावि औरावनी, गढी आधारभुत विद्यलाय भमरी, नेपाल हरि मावि चान्दबेला र मजदुर किसान मावि मधेलीका ३८ जना बालबालिकाको तालिममा सहभागिता रहेको छ ।

तालिममा इन्सेक प्रदेश १ का संयोजक सोमराज थापा, जिल्लास्तरीय मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टरार्इ, बागमती कट्टेल र जिल्ला प्रतिनिधि जयकृष्ण यादवले सहजीकरण गर्ने फोकल पर्सन यादवले बताए ।

जयकृष्ण यादव

अन्य

भिडियो