INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा मङ्सिर १० गते चौतारामा मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।

photo20181126Sindhupalchok1 (1)

पूर्व समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले सिन्धुपाल्चोक जिल्लामा सन् २०१८ मा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए ।

इन्सेक जिल्लाप्रतिनिधिले प्रस्तुत गरेका ४२ वटा घटनाहरूमा ब्यक्तिगत हत्या ६, हिसारतमा यातना एक, महिला अधिकार १५, बालअधिकार १९ र सामाजिक विभेदका एक घटनाहरू रहेका थिए ।

photo20181126Sindhupalchok1 (2)

प्रस्तुत घटनाहरूसंग सम्बन्धीत रहेर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले मानव अधिकारको संरक्षणमा आफू सधैँ प्रतिवद्ध हुँदै आएको बताए ।

photo20181126Sindhupalchok1 (3)

जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासिनीले हरेक घटनामा आफू सम्वेदनशील भएर मानव अधिकारको सरक्षणमा क्रियाशील भएको बताए त्यस्तै चौतारा सागाचोकगढी नपाका उपमेयर जानुका पराजुलीले नागरिकहरूको सचेतनाका कारणले घटनाहरू बढी प्रकाशमा आएको बताइन् ।

नातिबावु धिताल

अन्य

भिडियो