INSEC Online

📅 २०८३ जेष्ठ २१

घटना न्यूनिकरण गर्नेतर्फ सहकार्य गरी काम गर्नु पर्नेमा जोड

सदरमुकाम गुलरियामा मङ्सिर ७ गते इन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रममा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना न्यूनिकरण गर्नेतर्फ सबै सरोकारवालाबीच सहकार्य गरी काम गर्नु पर्नेमा जोड दिइएको छ ।

समाजमा भइरहेका घटनामा बालिका र महिला सबैभन्दा बढी पीडित भएको देखिएको बताउँदै त्यसलाई न्यूनिकरणका लागि मानव अधिकारकर्मी, राजनीतिक दल, समाजसेवी, बुद्धिजिवी सबैसँगै लाग्नु पर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय प्रमुख महेन्द्रजङ्ग शाहीले बताए ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको अवस्था बारेमा जानकारी लिन ऐना सरह रहेको र समय सापेक्ष परिमार्जित गर्दै जानु पर्नेमा जोड दिए ।

इन्सेकले सन् २०१८ जनवरीदेखि नोभेम्वरसम्ममा राज्य तथा गैरराज्यको तर्फबाट हत्यामा महिला दुई, बालिका दुई, बालक एक रहेका छन् । महिला हत्या प्रयासका तीन, बलात्कारमा महिला १९, बालिका २७, बलात्कार प्रयासमा महिला एक र यौन दुर्व्यवहारका कारण पाँच जना पीडित भएका छन् ।

त्यसैगरी यातना एक, बालविवाह १५, बहुविवाह तीन, मानव बेचबिखन दुई, कथित बोक्सीको आरोप दुई, घरेलु हिंसाका सात, जातीय छुवाछुतको एक, सम्पति क्षति तीनलगायत गरी ९५ मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना रहेका छन् ।

मानबहादुर चौधरी

अन्य

भिडियो