INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षाका लागि एकजुट हुनुपर्नेमा सरोकारवालाको जोड

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम भोजपुर सदरमुकाममा कात्तिक २७ गते सम्पन्न गरिएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि गणेश विष्टले सन् २०१८ को जनवरीदेखि हालसम्म सङ्कलन गरेका मानव अधिकार उल्ल‹न तथा ज्यादतीका ८४ ओटा घटना प्रस्तुत गरेका थिए ।

Photo20181113Bhojpur (1)

जसमा बलात्कारका १९, बलात्कार प्रयासका आठ, कर्तव्य ज्यानका नौ, घरेलु हिंसाका १२, कुटपिट तथा गालीगलौजका ३०, बहुविवाह दुई, हत्या प्रयासका चार, मानव बेचबिखनको एउटा घटना इन्सेकमा अभिलेख गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको वास्तविक अवस्था देखाएको बताए ।

Photo20181113Bhojpur (2)

त्यसैगरी जिल्लामा बलत्कारका घटना दिन प्रतिदिन बढिरहेकाले यसतर्फसबैको ध्यान जानु पर्नेमा जोड दिए । यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न स्थानीय तह प्रहरी प्रशासन तथा सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए । उनले स्थानीय तहले मानव अधिकारसम्बन्धी सचेतनामुलक कार्यक्रम गर्नु पर्ने जोड दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने इन्सेकले सङ्कलन गरेको घटनालाई हेर्दा समाजको चरित्र झन्-झन् बिग्रदो अवस्थामा रहेकाले सबै एकजुट भएर समस्या समाधानका लागि लाग्नुपर्ने बताए ।

जिल्ला प्रहरी डिएसपी केशवकुमार थेवेले प्रहरी सधैँ मानव अधिकारको क्षेत्रमा लाग्न प्रतिबद्ध भए केही घटना पहिले दर्ता गर्न र पछि फिर्ता गर्न ‘भनसुन’ले समस्या हुने गरेको बताए । जिल्लामा मानव अधिकारको प्रत्याभूतिका निमित्त सुरक्षाको काममा तदारुकताका साथमा लागिरहेको उनले बताए ।

मानव अधिकारकर्मी निर्मला खड्काले जिल्लामा बालिका तथा महिला बलत्कारका घटना दिन प्रतिदिन बढिरहेकाले यस्ता घटना न्यूनीकरणमा सरोकारवाला सबैको ध्यान जानु पर्ने बताइन् ।

खड्काले कतिपय अवस्थामा महिला तथा बालिका पीडित हुँदा पनि सम्बन्धित निकायले चासो नदिँदा न्याय नपाएको गुनासो गरिन् ।

गणेश विष्ट

अन्य

भिडियो