अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा जनप्रतिनिधि तथा मानव अधिकार निगरानी समूहका सदस्यहरूका लागि आयोजित दुई दिने क्षमता अभिबृद्धि तालिम असोज १८ गते डडेल्धुरामा सम्पन्न गरिएको छ ।

तालिममा शिक्षा, स्वास्थ्य र खाद्यान्नको अधिकारहरू, मौलिक हक, आर्थिक, समाजिक र सांस्कृतिक अधिकार, मानव अधिकारका आधारभूत अवधारणालगायतका विषयमा सहजीकरण गरिएको थियो ।
इन्सेक सुदुरपश्चिम प्रदेश संयोजक खडगराज जोशीले इन्सेकको कार्यक्रम सञ्चालन भएका गाउँपालिकाका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका सदस्यहरूको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरिएको बताए ।

इन्सेकले मानवका अधिकारका साथसाथै कर्तव्य पनि सिकाएकाले नागरिकहरू अधिकार र कर्तव्यप्रति सचेत हुँदै गएका अजयमेरू गाउँपालिका-१ का वडा अध्यक्ष दत्तिसिंह भण्डारीले बताए । उनले स्थानीय तह नयाँ भएको र केही कानुनी जटिलतका कारण विकासका काममा ढिलाइ भएकाले अब आफ्नै कानुन बनाएर सामाजिक विकासमा अगाडि बढने बताए ।
इन्सेकले आयोजना गरेको तालिम समय सान्दर्भिक भएको र मानव अधिकार तथा सामाजिक न्यायका लागि आफूले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्ने र आफू मातहतका कर्मचारीहरूलाई पनि लागु गर्न आग्रह गर्ने नवदुर्गा गाउँपालीका-१ का वडा सचिव डम्बर बोहराले बताए ।
भुपेन्द्र विष्ट