अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम असोज १२ गते कपिलवस्तुको गोरुसिंहेमा सकिएको छ ।
इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बुद्धभूमि नपा–४ बुड्ढीका भृकुटी मावि, नेपाल राष्ट्रिय आधारभुत विद्यालय मोर्मा र कपिलवस्तु नपा–६ तिलौराकोटस्थित तिलौराकोट मावि र महेन्द्र आधारभुत विद्यालय तिलौराकोटमा गठित बाल अधिकार चेतना समूहका सदस्य र संरक्षक शिक्षक, जिल्ला युवा समूहका पदाधीकारीहरूको क्षमता विकास गराउने उद्धेश्यले तालिम आयोजना गरिएको इन्सेक प्रदेश ५ का संयोजक भोला महतले बताए ।
तालिममा इन्सेक अभियान र मानव अधिकार, बाल अधिकार, नेपालको संविधानमा शिक्षाको अधिकार र बालमनोविज्ञान, बालमैत्री विद्यालय र दण्डरहित शिक्षा, बाल भित्ते पत्रिका प्रकाशन, बाल अधिकार प्रवर्धनमा स्थानीय तहको भूमिका, समस्या पहिचान र आर्थिक कार्ययोजना निर्माणका विषयमा प्रशिक्षण दिइएको छ ।
तालिममा अधिवक्ता महेन्द्र खनाल, शिक्षक जिवलाल पन्थी, प्राध्यापक शिशिरप्रसाद अर्याललगायतले सहजिकरण गरेको कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बताइन् ।
नन्दराम पौडेल