INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधि र निगरानी समूहका सदस्यलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा कपिलवस्तुको तौलिहवामा मानव अधिकार निगरानी समूहका सदस्य तथा जनप्रतिनिधिहरूलाई क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम भदौ २३ गते सम्पन्न गरिएको छ ।

बुद्धभूमि नगरपालिका–४ बुड्ढी र कपिलवस्तु नपा–६ तिलौराकोटमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी परियोजना) अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य र जनप्रतिनिधिलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी तालिम प्रदान गरिएको हो ।

तालिममा जिल्ला न्यायाधीश गिरिराज गौतम अधिवक्ता महेन्द्र खनाल, मानव अधिकारकर्मी पोमनायारण पौडेल, इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्ललगायतले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सहजीकरण गरेका थिए ।

तालिममा मानव अधिकारको अवधारणा, स्थानीय सरकारको काम कर्तव्य र अधिकार, संविधान र मौलिक हक, सुशासन र पारदर्शितालगायतका विषयमा समेत सहजीकरण गरिएको थियो ।

photo20180908kapilvastu (1) photo20180908kapilvastu (2)

नन्दराम पौडेल

अन्य

भिडियो