INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिवृिद्ध तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलय पोखराको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम भदौ १७ गतेदेखि दमौलीमा सुरू भएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिकामा रहेका विद्यालयहरूमा गठित बाल अधिकार चेतना समूहका सदस्य र संरक्षक शिक्षक तथा प्रधानाध्यापकहरूलाई बाल अधिकारसम्बन्धी विषयमा जानकारी दिन र बालबालिकाको क्षमता विकास गराउने उद्धेश्यले तालिम आयोजना गरिएको इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले जानकारी दिए । तालिममा ४० जनाको सहभागिता रहेको छ ।

तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाए । साथै बालबालिकाको माध्यमबाट समाजमा कुनै पनि कुरा सञ्चार गर्न सहज हुने हुनाले बाल अधिकार चेतना समूहका पदाधिकारीहरूलाई बालबालिकाको हितका कार्यमा सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

बाल अधिकारको चार वटा सिद्धान्त सबैले पालना गर्न सकेमा बालबालिकाको चौतर्फी विकास हुनेमा प्रजिअ शर्माको जोड थियो । अधिकारको बारेमा मात्र नभई बालबालिकालाई कर्तव्यको बारेमा समेत सिकाउन प्रजिअ शर्माले इन्सेकलाई सुझाव दिए ।

जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धीविक्रम शाहले संविधानले सुनिश्चित गरेको बालबालिकाको अधिकारबारे प्रत्येक बालबालिका जानकार हुनपर्ने विचार राखे । बालबालिकालाई अपराधबाट जोगाउने दायित्व घरपरिवार, समाज र विद्यालयको भएको हुँदा शिक्षक शिक्षिकाहरू पनि यसतर्फ सजग बन्नु पर्ने एसपी शाहले बताए ।

जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत अनिल खनालले सरकारी र गैरसरकारी निकायबिच समन्वय भएमा यस्ता कार्यक्रमहरू फलदायी हुनेमा विश्वास व्यक्त गरे ।

तालिममा इन्सेक परिचय, बाल अधिकार र कर्तव्य, बाल अधिकारको ऐतिहासिक पृष्ठभूमी, बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन, बाल दुव्र्यहवार र जोखिमपूर्ण श्रम, बालमैत्री विद्यालय र दण्डरहीत शिक्षा, विद्यालय तहमा बाल अधिकार र मानव अधिकार शिक्षाको अवधारणा, बालभित्ते पत्रिका र यसको महत्व, कार्ययोजना निर्माण, नेतृत्व र नेतृत्वमा हुनुपर्ने गुण, बालअधिकार चेतना समूहको काम, कर्तब्य र अधिकार तथा वार्षिक कार्ययोजना लगायतको विषयमा प्रशिक्षण दिइने छ ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो