INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधी र निगरानी समूहलाई अभिमुखीकरण

इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्जको आयोजनामा साउन २२ गते गाँउपालिकाका जनप्रतिनिधि र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ ।

Photo20180808Banke

इन्सेकको कार्यक्रम सञ्चालित बैजनाथ र जानकी गाँउपालिका उपप्रमुख, वडाध्यक्ष, सदस्य र मानव अधिकार निगरानी समूहका पदाधीकारीहरूलाई अभिमुखीकरयण गरिएको इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बताइन् ।

इन्सेक अभियान र मानव अधिकारको अवधारणाका विषयमा इन्सेक नेपालगञ्जका संयोजक भोला महत, आर्थिक समाजिक तथा सांस्कृतिक अधिकार र स्थानीय नागरिकको पहुँच, नेपालको संविधानका विषयमा अधिवक्ता सुनिल श्रेष्ठ, स्थानीय तहमा देखिएका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था र विश्लेषण तथा समाधानमा जनप्रतिनिधिको भूमिकाका विषयमा प्रकाश उपाध्याय र विकास, विकासको सैद्धान्तिक अवधारणाका विषयमा अधिवक्ता बसन्त गौतमले सहजीकरण गरेका थिए । त्यसैगरी परियोजनासम्बन्धी जानकारी र मानव अधिकार निगरानी समूहको काम कर्तव्य र अधिकार तथा कार्ययोजना निर्माणमा सरस्वती मल्लले सहजीकरण गरेकी थिइन् ।

कार्यक्रममा सहभागी जनप्रतिनिधीहरूले निगरानी समूहमार्फत स्थानीय तहमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका क्षेत्रमा रहेका समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

इन्सेक प्रदेश नम्बर ५ कार्यालय, नेपालगञ्ज

अन्य

भिडियो