INSEC Online

📅 २०८३ जेष्ठ २१

परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उदयपुरको दुई वटा गाउँपालिकाका दुई वटा वडामा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमअन्र्तगतको स्थानीय तहस्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार २४ गते गाईघाटमा सम्पन्न गरिएको छ ।

खासगरी शिक्षा, स्वाथ्य र खाद्य अधिकारका सवालमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने उद्धेश्यका साथ इन्सेकले रौतामाई गाउँपालिकाको वडानं ७ र उदयपुरगढी गाउँपालिकाको वडानं ८ मा विगत २ वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा इन्सेक विराटनगर कार्यालयका संयोजक सोमराज थापाले इन्सेकले देशभर गर्दै आएको काम र परियोजनाको उद्धेश्य, बजेट, क्रियाकलापका बारेमा जानकारी दिएका थिए ।

त्यसैगरी जिल्ला सहजकर्ता तारा बस्नेतले जिल्लामा कार्यक्रम सञ्चालन भए यता मानव अधिकार निगरानी समूह, युवा समूह र बाल अधिकार चेतना समूहले गरेका प्रगति, चुनौती र बाँकी कामका विषयमा विवरण प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले मानव अधिकारको क्षेत्रमा बहस, पैरवी र तथ्याङ्क सङ्कलन सँगै इन्सेकले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । उनले इन्सेकको घटना अभिलेखिकरणको पाटो उत्तिकै जोखिम र कठिन यात्रा रहेको बताइन् ।

त्यसैगरी जिल्ला समन्वय समितिका प्रुमख खड्ग परियारले न्यून बजेटमा धेरै उपलब्धिहरू भएको बताए । उनले इन्सेकको अभियानसँग जोडेर गाउँपालिकामा यस्तै गतिविधि सञ्चालन गर्न आपूmले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा सहभागिहरूले गाउँ र जिल्ला स्तरमा भएका समस्याहरूको पहिचान गरी सुधारका लागि सम्बन्धित गाउँपालिका र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

यसैबिच सोही परियोजनाको सेवाप्रदायक र सेवाग्राहीबिच स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम असार २३ गते रौतामाई गाउँपालिका वडानं ७ मा सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले परियोजनाले समुदायको अधिकारको बारेमा सचेत बनाएकाले यसलाई वडामा मात्र सीमित नगरी गाउँपालिका भरी सञ्चालन गर्नु पर्नेमा जोड दिए । उनले आगामी दिनमा गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

1

1

1

1

1

भरत खड्का

अन्य

भिडियो