INSEC Online

📅 २०८३ जेष्ठ २१

सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम जेठ २९ गते चौतारामा सम्पन्न गरिएको छ ।

Photo20180612Sindhupalchok

जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी, जिल्ला स्वास्थ्य प्रमुख, जिल्ला कृषि बिकास कार्यालयका प्रमुख, गैरसरकारी सस्था माहासंघका सल्लाहकार संयोजक, जिल्ला मानवअधिकार निगरानी समूहका पदाधिकारी, मानवअधिकार निगरानी समूह थुम्पाखर र ठूलोपाखरका संयोजक तथा सदस्यहरू, जिल्ला पशु सेवा कार्यालयका प्रमुख, पत्रकार , माहिला मानव अधिकार रक्षकहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारीले मानव अधिकारको क्षेत्रमा क्रियाशील रहेको राष्ट्रिय संस्था इन्सेकले उठाएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार हरेक नागरिकको संवेदनशील सवाल भएकाले जिल्ला समन्वय समितिले यो अभियानलाई हरतरहले सहयोग गर्ने बताइन् ।

जिल्ला शिक्षा अधिकारी गौरीशङ्कर पाण्डेले गाउँगाउँमा रहेको मानव अधिकार निगरानी समूहले सबै विद्यालयलाई पारदर्शी हुनको लागि उत्प्रेरणा दिनुपर्ने धारणा राखे ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख हिक्मतकुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि र कर्मचारीबिच सङ्क्रमणकाल जस्तै समस्या उत्पन्न भएकोले कृषि उत्पादनमा कमी आएको बताए ।

नातिबावु धिताल

अन्य

भिडियो