इन्सेकको आयोजनामा पुस ३० गते गुलरियामा भएको सेवाप्रदायक र सेवाग्राहीबिच अर्न्तक्रियामा समुदायले उनीहरूको अधिकार प्राप्त गर्न स्थानीय तहलाई जिम्मेवार बनाउन पर्नेमा सरोकारवाला सहभागीहरूले जोड दिएका छन् ।
कार्यक्रममा कृषि विकास कार्यालय बर्दियाका प्रमुख पर्शुराम रावतले कृषि क्षेत्रको कार्यक्रम गरिब किसानमैत्री नभएको बताए ।
किसानले भनेको समयमा गुणस्तरीय मल, बिउ मात्रै पाए पनि ५० प्रतिशत उत्पादन बढ्ने उनको भनाई छ । कृषि र किसानको उत्थानको लागि कृषि, भूमि, सिञ्चाई, विद्युत कार्यालयबिच समन्वय र सहकार्य गरी अगाडि बढ्न सके खाद्यन्न उत्पान बृद्धिमा अधिक्तम् सफलता हुने बताए ।
यसैगरी जिल्ला शिक्षा अधिकारी यज्ञमणी नेपालले शिक्षामा सबै क्षेत्रको गैरजिम्मेवारीले नै समस्या जटिल बन्दै गएपनि यसलाई सुधार गर्न पनि सकिने बताए । सर्वप्रथम शिक्षकहरूलाई राजनीतिक संरक्षणबाट मुक्त गर्नु पर्ने बताउँदै उनले सबैले आफ्नो तहबाट अरूलाई देखाएर जिम्मेवारीबाट पन्छने प्रवृत्ति त्याग गरी अगाडि बढ्न आवश्यक रहेको कुरामा जोड दिए ।
साथै जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णगोपाल चौधरी जिल्लाबाट हुने स्वास्थ्य गतिवधि संरचना स्थानीय तहमा गएकाले प्रणाली नबसिसकेका र समन्वय, सहकार्य नहुँन केही समस्या देखिएको भएपनि त्यो बिस्तारै हिट्ने विश्वास ब्यक्त गरे ।
मानबहादुर चौधरी