अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्न लागेको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को सम्पादन भेला पुस २४ गतेदेखि विराटनगरमा सुरू भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा प्रदेश नम्बर १ का १४ र प्रदेश नम्बर २ का दुई ओटा (साविक पूर्वाञ्चलका) गरी १६ जिल्लाका जिल्ला प्रतिनिधिहरूले यो बर्षभरी अभिलेख गरेका घटनाहरूको सम्पादनका लागि भेला आयोजना गरिएको इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले बताए ।
सो अवसरमा जिल्ला प्रतिनिधिहरूले घटना सङ्कलनको क्रममा भोगेका समस्या तथा निर्वाह गर्नुपर्ने विषयमा छलफल समेत गरिएको थियो ।

त्यसैगरी इन्सेक केन्द्रीय कार्यालयका प्रतिनिधि अनुज केसीले जिल्ला प्रतिनिधीहरूले घटना सङ्कलनका क्रममा अपनाउनुपर्ने सजगताको विषयमा जानकारी गराए । त्यसैगरी इन्सेक अनलाइन तथा रेडियो कार्यक्रम संयोजक रमेशप्रसाद तिमल्सिनाले मानव अधिकारको क्षेत्र धेरै चुनौतीको भएपनि इन्सेकले राज्यलाई मानव अधिकारप्रति गम्भीर हुन खबरदारी गर्ने गरेकोले पनि वर्षपुस्तकमा समेट्ने घटनाहरू छ्ट्न नहुने बताए ।
सहभागी जिल्ला प्रतिनिधीहरूले पनि आआफ्नो जिल्लाको अबस्था तथा समस्याका विषयमा जानकारी गराएका थिए । उनीहरूले राज्यको पुनर्संरचनासँगै काम गर्ने शैली पनि परिवर्तन गर्नुपर्ने विचार राखे ।
इन्दिरा भट्टराई