INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङकलित घटनाको सम्पादन भेला सुरू

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको वार्षिक सम्पादन भेला पुस १७ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ को प्रकाशन पूर्व प्रदेश नम्बर ५ र ६ का १६ जिल्लाका प्रतिवेदनलाई अन्तिम रूप दिन भेलाको आयोजना गरिएको हो ।

photo20180101banke

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले घटना सङ्कलन गर्दा ज्यादती हनन्का घटनाका बारेमा जिल्ला प्रतिनिधिहरू स्पष्ट हुनुपर्ने बताए । उनले आर्थिक समाजिक र सांस्कृतिक अधिकारका विषयवस्तु पनि समेट्न सुझाव दिए ।

इन्सेक केन्द्रिय कार्यालय मानव अधिकार प्रलेख तथा प्रसार विभागका गोविन्द त्रिपाठीले वर्षपुस्तकमा प्रकाशन गरिने घटनालाई मिति उमेर र स्वास्थ्य परीक्षण महत्वपूर्ण रहेकोले नछुटोस भन्ने उद्धेश्यले भेलाको आयोजना गरिएको बताए ।

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रलेख अधिकृत नारायण सुवेदीले घटना र अनलाइन समाचार सम्प्रेषण गर्न ढिलासुस्ती नगरी चनाखो हुनुपर्ने धारणा राखेका थिए ।

विनोद पाण्डे

अन्य

भिडियो