INSEC Online

📅 २०८३ जेष्ठ २१

मिडिया साझेदारी बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र नेपाल पत्रकार महासङ्घ तनहुँको संयुक्त आयोजनामा पुस ८ गते दमौलीमा पत्रकार सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Photo20171223Tanahu

जिल्लाका पत्रकारहरूले भोग्नु परेको आर्थिक, भौतिक तथा अन्य सुरक्षाको विषयमा छलफल गर्ने उद्धेश्यले आयोजित सो कार्यक्रममा बोल्दै इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले अझै पनि पत्रकारहरू आर्थिक तथा भौतिक रूपमा जोखिममा परेको हुँदा त्यसप्रति सरोकारवाला निकाय गम्भीर हुनु पर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा इन्सेक तनहुँका प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष प्रकाशचन्द्र भट्टराईले पत्रकारिता र मानव अधिकार विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा पत्रकारहरूले पत्रकारिताको क्षेत्रमा भोग्नु परेको समस्या र आ आफ्नो अनुभवहरू सुनाएका थिए ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो