INSEC Online

📅 २०८३ जेष्ठ २१

अर्धवार्षिक क्षेत्रीय समीक्षा तथा योजना बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा ०७४ मङ्सिर १२ गतेदेखि अर्धवार्षिक क्षेत्रीय समीक्षा तथा योजना बैठक सुरू भएको छ ।

Photo20171129Kailali

इन्सेकद्वारा सञ्चालित कार्यक्रमका सन्दर्भमा आयोजित अर्धवार्षिक क्षेत्रीय समीक्षा तथा योजना बैठकमा नौ ओटा जिल्लाका सहजकर्ताहरू र प्रलेख अधिकृत तथा क्षेत्रीय कार्यालयका फोकल पर्सनहरूले ६ महिनासम्म गरेको गतिविधि, मुख्य उपलब्धि, सिकाइ तथा चुनौतीहरू प्रस्तुत गर्नुहुने इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले बताए ।

कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले योजना अनुरूप कार्यक्रम भए नभएको तथा कार्यक्रम सम्पन्न गर्दा आइपरेका चुनौतीका बारेमा सहजकर्ता र प्रलेख अधिकृतहरूसँग छलफल गर्ने बताए ।

रविना चौधरी

अन्य

भिडियो