अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा जिल्लास्तरीय युवा समितिको संयोजनमा पहिलो पटक मतदान गर्ने तयारीमा रहेका युवाहरूलाई लक्षित गरी मङ्सिर १२ गते मतदाता शिक्षा प्रदान गरिएको छ ।
निर्वाचनको महत्व, मतदानको प्रक्रिया, मतदान दिने तरिका, मत बदर नहुने अवस्थालगायतका विषयमा युवाहरूलाई जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।
सो कार्यक्रममा निर्वाचन शिक्षा प्रशिक्षक नर्वदा काफ्लेले मतदानको प्रक्रिया र महत्वको बारेमा युवाहरूलाई सहजिकरण गरेकी थिइन् । कार्यक्रममा २५ जना युवाहरूको सहभागिता रहेको थियो ।
प्रकाशचन्द्र भट्टराई