अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा सुनसरीको इनरुवा नपा-१०, सिमरियामा असोज २७ गते शिक्षा, स्वास्थ्य, खाद्य अधिकार र सुरक्षासम्बन्धी टेलिभिजन सम्वाद सम्पन्न भएको छ ।

मकालु टेलिभिजनबाट प्रसारण गरिने कार्यक्रममा दुहवी नपा-१० का स्थानीय बासिन्दाले आफ्ना समस्या राखेका थिए ।
सर्वसाधारणको जिज्ञासाको, दुहवी नगरपालिकाका मेयर बेद गच्छदार, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, जिल्ला प्रहरु प्रिमुख विद्यानन्द माझी, जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतम, जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिवनाथ महतो लगायतले जबाफ दिएको थिए ।

स्थानीयले विशेष गरे खानेपानीको समस्या, प्रहरी र सुरक्षाको समस्या र मेयरसँग विकासका जिज्ञासा राखेका थिए । कार्यक्रममा सेवा प्रदायक निकायका जिल्लास्थित प्रमुखहरूले समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
शेखर ढकाल