INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रलेख र दस्तावेजीकरणलाई चुस्त बनाउनुपर्नेमा जोड

प्रलेख र दस्तावेजीकरणलाई चुस्त बनाउनुपर्नेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमले जोड दिएका छन् ।

इन्सेकको आयोजनामा भदौ २५ गतेदेखि नेपालगञ्जमा तीन दिनसम्म सञ्चालन हुने मानव अधिकार प्रलेख तालिमको सुरूवात गर्दै कार्यकारी निर्देशक गौतमले उक्त विषयमा जोड दिएका हुन् ।

उनले वर्ष पुस्तक संसारमै नमूनाका रूपमा रहेको र विभिन्न देशमा यस प्रकारको अभिलेख गर्ने कार्यको सुरूवात भएपनि अन्य देशमा निरन्तरता नभएको बताउँदै इन्सेकले २५ वर्षदेखि सो कार्यलाई निरन्तरता दिएको बताए ।

मानव अधिकारको दस्तावेजका रूपमा मानव अधिकार वर्ष पुस्तक महत्वपूर्ण रहेको कार्यकारी निर्देशक गौतमको भनाई छ ।

उनले प्रलेखीकरणको मुख्य स्रोत जिल्ला प्रतिनिधि भएको उल्लेख गर्दै जिल्ला प्रतिनिधिले पठाउने सूचना विश्वसनीय हुनुपर्नेमा जोड दिए । इन्सेकले विभिन्न कालखण्डमा गरेका कामहरूको बारेमा जानकारी गराउँदै इन्सेक प्रतिनिधिहरूले गरेका कार्यले पीडितको उद्धार हुने, पीडितले न्याय पाउने र सरोकारवालालाई जबाफदेही बनाउन मद्दत पुगिरहेको उनको भनाई छ ।

तालिममा इन्सेक प्रलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेलले जिल्ला प्रतिनिधिहरूलाई यस तालिमले विगतको कार्यविधिका बारेमा जानकार गराउँदै आगामी दिनमा काम गर्ने शैली तय गर्न सहयोग पुर्‍याउने बताए । तालिममा विभिन्न १९ जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

a

a

a

a

विनोद पाण्डे

अन्य

भिडियो