INSEC Online

📅 २०८३ जेष्ठ २१

परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउने पहल कार्यक्रम अन्तर्गत गाईघाटमा भदौ २२ गते जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक उदयपुरको आयोजनामा जिल्लामा सञ्चालित परियोजनाको अवस्थाको बारेमा सल्लाहकार समितिसँग बैठक सम्पन्न भएको हो । कार्यक्रममा परियोजनाका बारेमा इन्सेकका क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापा र प्रलेख अधिकृत देवराज पोखरेलले जानकारी गराएका थिए ।

कार्यक्रममा सल्लाहकार समितिका सदस्य स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले अधिकारसँगै कर्तव्य बोध हुने गरी कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । त्यसैगरी महिला विकास कार्यालयकी प्रमुख निर्मला कार्कीले लैङ्गिक विभेद अन्त्य हुने खालका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिइन् ।

जिल्ला समन्वय समितिका उपसंयोजक गंगा राईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरूले परियोजनाले मानव अधिकारका सवालमा विषयवस्तु उठानसँगै सम्बन्धित निकायलाई जबाफदेही बनाउन सिकाउने भएकाले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

भरत खड्का

अन्य

भिडियो