INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य क्षेत्रमा समस्यै समस्याः सरोकारवाला

इलाममा स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । इलाम सदरमुकाममा असार २७ गते ‘जिम्मेवारी निकायलाई जबाफदेही बनाउन पहल परियोजना’ अन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले जिल्ला अस्पताल र सामाजिक स्वास्थ्य बीमाबाट सेवाग्राहीले भरपर्दो सेवा नपाएको गुनासो गरेका हुन् ।

Photo20170711Ilam

५० शैयाको जिल्ला अस्पताल भएपनि विशेषज्ञ डाक्टरको अभावले अस्पताल ‘रिफर’ सेन्टरका रूपमा मात्र रहेको सहभागीको आरोप छ । यस्तै जिल्लामा सञ्चालित सामाजिक स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण सहभागी बन्न खोज्दा पनि कर्मचारीहरू नहुँदा बिमा गराउनबाटै सर्वसाधारण वञ्चित भएको सहभागीले आरोप लगाए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जिवनकुमार मल्लले इलामको सामाजिक स्वास्थ्य बिमा कार्यक्रम चित्त बुझ्दो नभएको बताए । उनले जिल्ला अस्पतालमा पनि आवश्यक उपकरणहरू नहुँदा प्रभावकारी सेवा सञ्चालन हुन नसकेको स्वीकार गरे ।

जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) को सहयोगमा भएको कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रका बारेमा छलफल गरिएको थियो ।

कोकिला ढकाल

अन्य

भिडियो