INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा सञ्चालित जिम्मेवार निकायलाई जवाफदेही बनाउने कायक्रमको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय र क्षेत्रीय कार्यालयद्वारा संयुक्त रूपमा धनुषाको शान्तिपुर र बटेश्वर गाविसमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको फागुन २४ गते अनुगम गरिएको छ ।

Photo20170308Dhanusha

अनुगमन टोलीले मानव अधिकार निगरानी समूहको सदस्यहरूसँग भेटघाट गरी कार्यक्रमको बारेमा जानकारी लिएको थियो ।

समुदाय, विद्यालय र जिल्लामा परियोजना अनुसार काम भए/नभएका कार्यको मूल्याङ्कन र सुपरिवेक्षण गर्ने उद्देश्यले फागुन २४ गते इन्सेक केन्द्रीय कार्यालयका व्यवस्थापन प्रमुख प्रेमप्रसाद पराजुली र मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले गाविसमै पुगी मानव अधिकार निगरानी समूह तथा स्थानीय समुदायसँग भेटघाट गरी सञ्चालित कार्यक्रमका बारेमा जानकारी लिएका हुन् ।

Photo20170308Dhanusha1

बटेश्वरमा शिक्षा, स्वास्थ्यमा सुधारोन्मुख रहेपनि शिक्षकहरू नैतिकवान नभएको, स्वास्थ्यकर्मीहरू समयमा नआउने र चाँडै कार्यालय बन्द गरी हिँड्ने समस्या रहेको स्थानीयले गुनासो गरेका थिए ।

आर्थिक, समाजिक र सांस्कृतिक अधिकार अन्तर्गतको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको लागि नागरिक सचेत हुनुपर्ने र नपाएका अधिकारहरूको बारेमा खोजी गर्ने र आफ्ना कर्तव्यहरू पनि पालना गर्न यो कार्यक्रमले सहयोग गर्नेछ ।

Photo20170308Dhanusha2

यस कार्यक्रम अन्तर्गत गाविसस्तरमा मानव अधिकार निगरानी समूह, चार विद्यालयमा बाल अधिकार चेतना समूह, उच्च माविमा युवा समूह र जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन गरी ती अधिकारहरूका लागि कार्यक्रम केन्द्रीत रहेको छ ।

विनोदकुमार रविदास

अन्य

भिडियो