INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला परियोजना सल्लाहकार समिति गठन

इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत फागुन १८ गते वीरेन्द्रनगरमा परियोजनाका बारेमा जानकारी आदानप्रदान तथा जिल्लास्तरीय परियोजना सल्लाहकार समित गठन गरिएको छ ।

Photo20170301Surkhet

कार्यक्रममा जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी अमृत लम्साल, जिल्ला कृषि विकास कार्यालयका प्रमुख कालिकाप्रसाद कोइराला, जिल्ला पशुसेवा कार्यालयका प्रमुख सुशील केसी, जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख लोकबहादुर शाही र महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद आचार्यले निगरानी समूहले पहिचान गरेका सवालहरूको समाधान गर्न आफुहरू प्रतिबद्ध रहेको जनाएका थिए ।

इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रलेख अधिकृत नारायण सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै मानव अधिकार निगरानी समूहले पहिचान गरेका सवालका बारेमा आएका सुझावहरूलाई आत्मसात गरी ती समस्याहरूको समाधान गर्न इन्सेकले समन्वयकारी भुमिका निर्वाह गर्ने बताए ।

यसैबीच बैठकले स्थानीय विकास अधिकारी अमृत लम्सालको संयोजकत्वमा जिल्ला परियोजना सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यहरूमा जिल्ला कृषि विकास कार्यालयका प्रमुख कालिकाप्रसाद कोइराला, जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, जिल्ला पशुसेवा कार्यालयका प्रमुख सुशील केसी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारी, महिला तथा बालबालिका कार्यालयका प्रमुख जमुना पौडेल र जिल्लास्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष नन्द भण्डारी रहेका छन् ।

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार फागुन १७ गते जिल्लास्तरीय परियोजनाको परिचय तथा सल्लाहकार समिति गठन कार्यक्रममा मानव अधिकार निगरानी समूहका जिल्ला संयोजक ज्योती कटुवालले मानव अधिकार प्रवर्धनमा सरकारी निकाय बढी जिम्मेवार बन्नुपर्ने सुझाव दिइन् ।

Photo20170301Dailekh

जिल्ला स्तरमा इन्सेकको इएलपी परियोजनालाई सघाउन स्थानीय विकास अधिकारी डिलाराम पन्थीको संयोजकत्वमा शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, महिला तथा बालबालिका कार्यालयका प्रमुख सदस्य रहेको सात सदस्यीय परियोजना सल्लाहकार समिति गठन गरिएको छ ।

दुर्गा थापा

अन्य

भिडियो