INSEC Online

📅 २०८३ जेष्ठ २१

तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम माघ २६ गते सम्पन्न भएको छ । तालिममा कैलाली र कञ्चनपुर जिल्लाका आठ वटा विद्यालयका बालबालिका सहभागी थिए ।

photo20170208kailali

तालिममा बाल अधिकार, बाल अधिकारको वर्तमान अवस्था, बाल अधिकार चेतना समूहको काम, कर्तव्य र अधिकारलगायतका विषयमा छलफल भएको थियो ।

बालबालिकाहरूको हक अधिकारका बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय महासन्धिहरू बनिसकेकोले तिनको व्यवहारिक कार्यान्वयन गर्न जरूरी रहेको इन्सेक सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले बताए ।

रविना चौधरी

अन्य

भिडियो