INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला स्तरीय मानवअधिकार निगरानी समिति गठन

आर्थिक समाजिक सांस्कृतिक अधिकारको सवालमा स्थानीय नागरिकलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्धेश्यका साथ कपिलवस्तु जिल्लामा अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूको तौलिहवामा आयोजित भेलाले पुस ११ गते माया ज्ञवालीको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समिति गठन गरिएको छ ।

महिला, बालबालिका, दलित, आदीवासी, जनजाति पछाडि पारिएका समुदायलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सचेत पार्दै जिम्मेवार निकायहरूलाई जवाफदेही बनाउनका लागि सन २०१६ देखि २०१९ सम्म सञ्चालन गरिने कार्यक्रम अन्तर्गत मानव अधिकार निगरानी समितिको गठन गरिएको हो ।

समितिका सदस्यहरूमा गैसस महासङ्घका जिल्ला अध्यक्ष प्रविण श्रीवास्तव, माहुरी होमका अध्यक्ष रविन्द्र ठाकुर, मानव अधिकार सङ्गठनका जिल्ला अध्यक्ष रामदयाल ठाकुर, दलित महिला सङ्घकी अध्यक्ष माया नेपाली, जवाफदेहीता निगरानी समूहकी जिल्ला अध्यक्ष पुष्पा रेग्मी, उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष सुरेन्द्र लम्साल, बुद्धआवाज टेलिभिजनकी सरिता थारू, नियोकका अध्यक्ष पशुपतिमणी त्रिपाठी चयन भएका छन् भने सदस्य सचिवमा इन्सेक सहजकर्ता नन्दराम पौडेललाई जिम्मेवारी दिइएको छ ।

अनलाइन डेस्क

अन्य

भिडियो