अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जागरण नेपालले सुनसरीमा संयुक्त रूपमा सञ्चालन गरेको नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनकालागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजनाको पुस ६ गते एक कार्यक्रम गरी सम्पन्न भएको जानकारी दिइएको छ ।

दुई वर्षसम्म सुनसरीका चार ओटा गाविसमा सञ्चालित परियोजनाले यस क्षेत्रका पछाडि पारिएका समुदायलाई न्याय र सरकारी सेवाको पहुँचमा ल्याउन सफल भएको कार्यक्रमका वक्ताहरूले बताए । कार्यक्रममा जागरण नेपालकी व्यवस्थापक मिना विष्टले परियोजना सकिएको जनाकारी गराएकी थिइन् ।

परियोजनाले गरेका उपलब्धीलाई संस्थागत गर्न सम्बन्धित क्षेत्रका व्यक्तिलाई जानकारीका लागि समापन कार्यक्रम गरिएको उनले बताइन् ।
कार्यक्रममा इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यलयका प्रलेख अधिकृत देवराज पोखरेल, जिल्ला विकास समिति सुनसरीका कार्यक्रम अधिकृत भेषराज घिमिरे, जिल्ला शिक्षा कार्यालयका यज्ञप्रसाद ढकाल, जिल्ला स्वास्थ्य कार्यलयका भुनन्दन साह, जिल्ला कृषि कार्यालयका देवनारायण साहलगायतले परियोजनाले उदाहरणीय काम गरेको प्रतिक्रिया दिएका थिए ।
शेखर ढकाल