INSEC Online

📅 २०८३ जेष्ठ २१

ग्रामीण क्षेत्रमा मानव अधिकार शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड

ग्रामीण क्षेत्रमा मानव अधिकार शिक्षा सञ्चालन गर्नुपर्ने जिल्ला अदालत डोल्पाका न्यायाधीश सनत लवटले डोल्पामा आयोजित एक कार्यक्रममा जोड दिएका छन् ।

इन्सेक डोल्पाद्वारा मङ्सिर २५ गते दुनैमा आयोजित वार्षिक पूर्व समीक्षा कार्यक्रममा न्यायाधीश लवटले उक्त कुरामा जोड दिएका हुन ।

भौगोलिक विकटता र अज्ञानताका साथै फितलो प्रशासनका कारण डोल्पामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बृद्धि भइरहेको सहभागीहरूले बताए ।

इन्सेकले ०७२ पुस १७ गतेदेखि ०७३ मङ्सिर २५ गतेसम्म डोल्पामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको स्थानीय सरोकारवालासँगको वार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले उक्त कुरा बताएका हुन् ।

इन्सेक प्रतिनिधि विष्णुप्रसाद देवकोटाले यस वर्षसम्बन्ध विच्छेदका ६, घरेलु हिंसासम्बन्धी दुई, धम्की र कुटपिटका नौ, बलात्कार प्रयासका तीन, जातीय विभेदका तीन, बोक्सी आरोपका एक र बाल अधिकार उल्लङ्घनका दुई गरी २६ ओटा घटना सार्वजनिक गरेका थिए ।

कार्यक्रममा अन्तरपाटी महिला सञ्जालकी उपाध्यक्ष काली चलाउने, नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिष्णुलाल बुढालगायतका सहभागीहरूले मानव अधिकार संरक्षणमा राज्यको प्रमुख भूमिका रहेको बताए ।

विष्णु देवकोटा

अन्य

भिडियो