सिरहा नपा-२१ की २० वर्षीया सरिताकुमारी यादवले ४२ वर्षीय पति अरूण यादवविरूद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पुस १३ गते उजुरी दिएकी छन् ।
पीडितका अनुसार आरोपितसँग सामाजिक परम्परा अनुसार २०७२ सालमा विवाह भए पनि घरेलुहिंसा गरिरहेको र सिरहा नपा-२२ कि १२ वर्षीया नाबालिकासँग मङ्सिर ७ गते बहुविवाह गरेकोले कानुनी कारबाहीका लागि उजुरी दिएको बताइन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालका अनुसार आरोपितलाई गिरफ्तार गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।