INSEC Online

📅 २०८३ जेष्ठ २१

घटनाका दोषीलाई कानुनी कारबाही गर्ने सहमति, मृतक म्यादी प्रहरीको सद्गत

प्रहरीले म्यादी प्रहरीको सेवा सुविधा कम दिएको भन्दै विरोध र्‍यालीका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका रास्कोट नपा-२ का २५ वर्षीय विवेक ऐडीका परिवारले पुस १२ गते शवको सद्गत गरेका छन् ।

Photo20171227Kalikot

जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, प्रशासनलगायतको सर्वपक्षीय टोलीले मृतक ऐडीका परिवारलाई भेटेर घटनामा दोषी ठहरिएकालाई कानुनी कारबाहीका लागि पहल गर्ने, सहिद घोषणा गर्ने, राहतको व्यवस्था गर्नका लागि सशक्त पहल गर्ने प्रतिबद्धता जनाएपछि परिवारजनले शवको सद्गत गरेका हुन् ।

नेपाल सरकारबाट आएको उच्चस्तरीय छानबिन समिति, क्षेत्रीय प्रशासन कार्यालयसँग समझदारी आधारमा शवको पोष्टमार्टम पुस ११ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको थियो ।

राजनीतिक दलको प्रतिबद्धतापछि आफूहरूले शव बुझेर अन्त्येष्टि गरेको मृतकका बावु हरिबहादुर ऐडीले बताए । ‘हामीले सरकारी पक्षसँग भएको समझदारी अनुसार लास बुझेर दाहसंस्कार गरेका छौँ ।’-उनले भने-‘समझदारी कार्यान्वयन कसरी हुन्छ ? त्यो हेर्न बाँकी नै छ ।’

अन्य

भिडियो