INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा एक वर्ष ६ महिना कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बुद्धभुमी नगरपालिका–७ बाबुडिहवाका १९ वर्षीय रामप्रकाश यादवलाई एक वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश महेश्वर खनालको ०८२ साउन ७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै एक वर्ष ६ महिना कैद, १० हजार रुपियाँ जरिबाना, २५ हजार क्षतिपूर्ति बापत पीडितलाई भराई दिने र ४ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कमल कुमार आचार्यले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८१ असार ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असार ७ गते कपिलवस्तु अस्पताल तौलिहवामा भएको थियो । प्रहरीले आरोपितलाई असार ७ गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो