INSEC Online

📅 २०८३ जेष्ठ २१

खुकुरी प्रहारबाट एक बालिकाको मृत्यु, दुई घाइते

जनकपुरधाम उपमहानगरपालिका- ४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको घरमा भाडामा बस्दै आएका क्षिरेश्वरनाथ नगरपालिका – ४ कि १५ वर्षीया बालिकालाई  सोही घरमा भाडामा बस्दै आएका सोही नगरपालिका -९ इच्छापुरका ३५ वर्षीय रामबाबु शाहले २०८२ साउन १२ गते राति खुकुरी प्रहार गरी हत्या गरेका छन्। खुकुरी प्रहारबाट बालिकाकी ३५ वर्षीया आमा आशा यादव र साेही घरमा बस्दै आएकी मिथिला नगरपालिका -१ ढल्केबरकी  १४ वर्षीया बालिका घाइते भएकी छन्।
घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा साउन १२ गते लगिए पिन त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीका अनुसार उनीहरूको पारिवारिक रीसिइवीकाे कारणले गर्दा विवाद भएको र आरोपितको पहिचान भइसकेको साथै हाल आरोपित फरार रहेकोले खोजीकार्य भइरहेको उहाँले बताउनु  भयाे ।

अन्य

भिडियो