१४ वर्षीया बालिकालाई बलात्कार गरेकाे कसुरमा जिल्ला अदालतले १५ वर्षीय बालकलाई नौ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ साउन ८ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै नौ वर्ष ६ महिना कैद, ३ लाख ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८० असोज २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण पुस ७ गते भिम अस्पताल भैरहवामा भएको थियो । प्रहरीले आरोपितलाई पुस ७ गते घरबाटै गिरफ्तार गरेको थियो ।