डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहलाई ०८२ असार २२ गते कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले कुशे गाउँपालिका–८ घर भर्य हाल भेरी नगरपालिका–३ पिपलडाँडाका १९ वर्षीय आषिश विव्रmम शाही, भेरी नगरपालिका–३ का २२ वर्षीय कुशल कुमाललाई साउन ९ गते गिरफ्तार गरेको छ ।
घटनापछि आरोपितहरु फरार रहेकोले प्रहरीले बाँकेको कोहलपुरमा छुकीछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँग समन्वय गरी कोहलपुरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तथा सुचना अधिकारी हरिराम डाँगीले बताउनु भयो ।
आरोपितहरूलाई जाजरकोट अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसुर मुद्धामा तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बसन्तकुमार शर्माले बताउनु भयो ।