१६ वर्षीया बालिकालाई ०८२ असार २६ गते बलात्कार गरेको आरोपमा बलरा नगरपालिका–३ का २७ वर्षीय विनोद कुमार सहनीविरुद्ध पीडित पक्षले साउन ९ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी गरेको छ ।
घटना पश्चात आरोपित सहनी फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ९ गते सर्लाही जिल्ला अस्पतालमा गरिएको छ ।