वीरेन्द्रनगर नगरपालिका–१ का नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्ष ४० वर्षीय विनोद गिरीलाई होटलका कर्मचारीलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ०८२ साउन ४ गते राति गिरफ्तार गरेको छ ।
आरोपित गिरीले साउन ३ गते वीरेन्द्रनगर नगरपालिका–१० मा रहेको भिजिट कर्णाली रिसोर्ट प्रालीमा काम गर्ने ३२ वर्षीय कर्मचारीलाई खुकुरी प्रहारसँगै कुटपिट गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी माेहनजंग बुढथापाले जानकारी दिनुभयाे । घाइतेको उपचार कर्णाली केयर अस्पतालमा गरिएको छ ।
प्रहरीका अनुसार गिरीमाथि ०७० मंसिर २८ गते नगद तथा जिन्सी लुटेको अभियोगमा डाँकाचोरी, ०७० चैत २७ गते ज्यान मार्ने उद्योग, ०७१ मा पनि केही सार्वजनिक अपराध, र ०७१ मै ज्यान मार्ने उद्योग लगायत ६ ओटा मुद्दा चलेको थियो।