INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला, इनरूवा नगरपालिका-७ चाँदबेला स्थायी घर भइ साँगुरीगढी गाउँपालिका-६ मा डेरा गरी बस्दै आएका २६ वर्षीय महमद सुबजानलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ साउन ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ६ गते गरिएको छ ।

त्यसैगरी १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चौबिसे गाउँपालिका-५ चौबाटको २८ वर्षीय रोशन तामाङलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ साउन २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खनालले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ६ गते गरिएको छ ।

अन्य

भिडियो