देवानगञ्ज गाउँपालिका-२ का ६५ वर्षीय सविब अञ्सारीको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा मोहम्मद रियाज अञ्सारीलाई साउन ७ गते गिरफ्तार गरेको छ ।
अशंसम्बन्धी विवादका क्रममा आरोपितले ०८२ साउन ७ गते बाबुलाई छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुमनकुमार तिम्सिनाले बताउनु भयो । बाबुको हत्या गरेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आरोपितलाई गिरफ्तार गरिएको एसपी तिम्सिनाले बताउनु भयो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका सचिव अञ्सारीलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा मृत्यु भएपछि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा साउन ७ गते गरिएको छ । पीडित पक्षले साउन ७ गते शव बुझेर लगेकाे प्रहरीले जनाएको छ ।