INSEC Online

📅 २०८३ जेष्ठ २१

काठे पुल बगाएपछि वारपारमा समस्या

सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीयले जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन् । खडिखेतको कर्णाली नदी माथिको काठेपुल ०८२ साउन ६ गते दिउँसो बगाएको छ । काठको कच्ची झोलुङ्गे पुल केही दिनदेखि परेको अविरल वर्षाले बगाएको स्थानीय दिल्लीबहादुर महताराले बताउनुभयो । काठको पुल बगाए पछि रीपबासीलाई पालिका केन्द्र, सदरमुकाम सिमकोट र जिल्लाबाहिर जान समस्या भएको महताराको भनाइ छ ।

Photo 2025-07-23 Humla (1)

 

आफूहरुले वारपार मात्रै नभएर गाउँमा हुने विभिन्न विकास निर्माणका सामग्री सिमेन्ट, सरीया, ग्याँस सिलिण्डर, दैनिक उपभोग्यवस्तु लगायत सामग्री ओसारपसारमा पनि समस्या भएको उहाँले बताउनुभयो ।

Photo 2025-07-23 Humla (3)

काठको साँघु बगाएपछि घण्टौ लगाएर पालिका केन्द्र र सडकको पहुँचमा पुग्नु पर्ने अवस्था रहेको छ । हामीले वारी गाउँबाट पारी कर्णाली कोरिडोर भएर ओहोरदोहोर गरिरहेका सवारीसाधनलाई हेरिरहेका छौं । तर के गर्नु हाम्रो बिचमा कर्णाली नदी बाधक बनेको छ । नदी तरेर सहजै सडकमा जोडिन पक्की पुल नभएको स्थानीयले गुनासो गर्दै आएका छन् ।

Photo 2025-07-23 Humla (2)

काठको साँघु बगाएपछि यहाँका स्थानीयले जोखिम मोलेर तुइन तरेर वारपार गर्नु परेको गुनासो छ । खडिखेतमा झोलुङ्गे पुलको आवश्यक रहेको छ । साँघु बगाएपछि अब कर्णाली नदी वारपार गर्न तुइनको साहरा लिनुपर्ने भएको छ ।

अन्य

भिडियो