२७ वर्षीया महिलालाई ०८२ असार २३ गते बलात्कार गरेको आरोपमा गोडैता नगरपालिका–६ का २४ वर्षीय धिरेन्द्र कुमार यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा साउन ५ गते उजुरी दिएका छन् ।
घटना पश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।